२० श्रावन २०७८, बुधवार

गुल्मीमा जीप दुर्घटनामा भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती–४ कै ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई  स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर