दिनेश खड्का खप्तडि
क्वालालम्पुर
२० श्रावन २०७८, बुधवार
मलेसियामा कोरोना सक्र्मणवाट एक नेपालीको मृत्यु भएको छ । साविकको विरुवागुठि गाविस वडा न ३ र हालको पर्सागढि नगरपालिका वडा न ४ पर्सा घर भई मलेसियामा कार्यरत २९ वर्षका सिकेन्द्र कुमार चौरसियाको मंगलवार विहान मृत्यु भएको हो । दुई वर्ष अगाडि डिके रिभर ओभरसिजवाट रोजगारीका लागि मलेसिया आएका सिकेन्द्र सेलाङगरमा रहेको टेस्कोमा जनरल वर्करको रुपमा काम गर्दे आईरहेका थिए ।
करीव एक हप्ता अगाडि देखि उनलाई खोकि लाग्ने,सामान्य ज्वरो जस्तो आउने भएको कारण होस्टलमै आराम गरिरहेका थिए ।
करीव एक हप्ता सम्म पनि निको नभएपछि सिकेन्द्रलाई कम्पनीले केलाङ अस्पतालमा लगेर भर्ना गरेको थियो । आफुले तीन पटक सम्म कोरानोको टेस्ट गरेको र नेगेटिभ आएको उनले दमनसारामा रहेका आफना दाजु धर्मेन्द्र लाई फोन मार्फत वताउदै आएका थिए ।दाजुलाई नआत्तिन र घरपरिवारलाई पनि नआत्तीन भन्दै सिकेन्द्ररले सोमवार राती ११ वजे केलाङ अस्पतालवाट आफुलाई फोन गरेको धमेन्द्रले वताए । मंगलवार विहान फोन गर्दा फोन लाग्यो तर उठेन वारम्वार गर्दापनि नउठेपछि अस्पतालमा फोन गर्दा भाईको मृत्यु भएको खवर थाहा पाउदाँ छाँगावाट खसेजस्तो भएको धमेन्द्रले वताए । यहि मलेसियामा भएर पनि यो परिस्थितिमा विरामि भाईलाई भेट्न सकिन उनले भने । कोरोना सक्रमण कम भएपछि नेपाल सगै जाने दाजुभाईको सल्लाह थियो तर उनलाई कोरानाले नै लग्यो
विवाहित सिकेन्द्ररको घरमा श्रीमती आमावुवा एकछोरा एक छोरी रहेका छन । सिकेन्द्रर यसअघि पनि अर्के कम्पनीमा मलेसिया आएर करार अवधि सकाएर पुन: टेस्को कम्पनीमा आएका थिए ।