२० श्रावन २०७८, बुधवार
अवैधानिक वाटो भएर घर फर्कन थालेका केहि विदेशि श्रमिकहरु मलेसियाको अध्यागमन र प्रहरीले पक्राउ परेका छ ।
मलेसियाको सुगाई सेरडागवेसार कापँरवाट डुगाको सहायताले देश छाडन थालेका १९जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा इण्डोनेसियन र वंगलादेशि नागरीकहरु रहेको मलेसियाको पत्रपत्रिकाहरुले जनाएका छन ।
उनीहरु रातको करीव एक वजेतिर पेटोलवाट चल्ने डुगाँको सहायताले भाग्न खोजेका थिए । उनीहरुलाई भगाउनको लागि एक जना स्थानिय पनि रहेको र उनी पनि पक्राउ परेको जनाईएको छ ।
भागेर जान खोजकाहरु मध्ये वाह्र जना संग केहि पनि पनि प्रमाणहरु थिएनन भने सात जना संग भने पासपोर्ट फेला परेको थियो । यस सम्वन्धमा त्यहाँका स्थानिय अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएका छन ।

फोटो दस्टार अनलाईनवाट

 

प्रतिक्रिया

सम्बन्धित खवर