
२० श्रावन २०७८, बुधवार
पाल्पाका ब्यावसायिहरुले आफुहरुलाई खोपको प्राथमिकतामा नपारेकामा दुख मानेका छन ।
प्रत्यक्ष उपभोक्ताहरु ब्यक्ति विशेषसंग सरोकार र घुलमिल हुने ब्यापारीलाई खोपमा प्राथमिकतामा नपारेकोमा सम्वन्धित निकायको ध्यानाकर्षण भएको जनाएका छन ।
पाल्पा ब्यापार संघका अध्यक्ष चिरिन्जीवि पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ -पछिल्लो सुचना अनुसार कार्यसमितिका सदस्यहरुलाई मात्र खोप लगाउने सुचना भएकोमा ब्यापार संघ कार्यसमितिका सदस्यहरुले आम ब्यवसायिलाई खोप नलगाए सम्म कार्यसमितिले मात्र खोप नलगाउने अनुरोध गर्दै सवै ब्यवसायिलाई खोपको ब्यवस्था यथासिघ्र मिलाउन अनुरोध गर्दछौ ।