२० श्रावन २०७८, बुधवार
अमेरीकामा एक नेपालीको मृत्यु भएको छ । काठमाण्डौ दक्षिणकाली घर भई दुई वर्ष अगाडि डिभि परेर अमेरीका पुगेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको हो ।
अमेरीकाको विसकनसिनमा उनी पसलमा स्टोरमा काम गर्ने गर्दथे । काम गरिरहेको ठाउँमा अचानक विहोस भएपछि अस्पताल लगिएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।
शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलबार गो फण्ड सञ्चालनमा ल्याएको छ ।
सृजन कुँवरको गोफण्ड :
https://www.gofundme.com/f/requested-donations-for-funeral-services-of-SRIJAN?