२० श्रावन २०७८, बुधवार

संयुक्त अरब इमिरेट्स (यूएई) ले आउदो अगष्ट ५ गते देखि नेपालीहरुको लागि प्रवेश खुला गराएको छ ।
आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यसरी प्रवेश गर्ने यात्रुले फेडरल अथुरिटि फर आईडेन्टि एण्ड सिटिजनसिप बाट प्रवेशका लागि अनुमति लिनुपर्नेछ । यस्तै ४८ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने, नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुनुपर्ने छ । यसैगरी यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर गर्नुपर्ने त्यस्तै क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटकल पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसअघि युएईले नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको थियो। जसका कारण विदामा नेपाल आएका हजारौं नेपाली श्रमिकहरु युएई जान सकिरहेका थिएनन ।

प्रतिक्रिया

सम्बन्धित खवर