
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१९ श्रावन २०७८, मंगलवार
मलेसियामा फेरी अर्का एक नेपालीको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।
मोरङको सुनवर्षि नगरपालिका वडा न ६ रतुवामाई घर भएका ३६ वर्षका सुरेश कुमार दासको मंगलवार साझँ करीव ५ वजेतिर ज्यान गएको हो । केहि समय अगाडि देखि सुरेशमा कोरोना सक्रमण देखिएको थियो ।
कम्पनीले करीव एक हप्ता अगाडि उपचारको लागि क्वालालम्पुर अस्पतालमा लगेर उपचार गराईरहेकोमा आज साझँ मृत्यु भएको हो ।
डेढ वर्ष अगाडि स्विप्फट एचआर सोलुसन मार्फत सुरेश रेभिन्यु सेक्युरिटि कम्पनीमा सेक्युरिटि गार्ड कामको लागि आएका थिए ।
शुरेशको शव अस्पतालमै रहेको छ ।
सुरेशको परिवारमा वुवा आमा श्रीमती एक छोरा र एक छोरी रहेका छन ।
गत शुक्रवार पनि रेभिन्यु कम्पनीमै कार्यरत सुर्खेतका वम वहादुर खड्काको कोरोना सक्रमणवाट मृत्यु भएको थियो ।