दिनेश खडका खप्तडि/ क्वालालम्पुर

१९ श्रावन २०७८, मंगलवार

मलेसियामा कोरोना सक्रमणवाट मंगलवार एक नेपालीको मृत्यु भएको छ ।

विरेन्द्रनगर नगरपालिका वडा न २ सुर्खेत (वागेसिमल) घर भई मलेसियामा सेक्युरिटि गार्डमा कार्यरत ४२ वर्षिय तुलाराम पुलामिको सक्रमणवाट मृत्यु भएको हो ।
दुई वर्ष अगाडि मलेसिया आएका पुलामिमा लाई दुई हप्ता अगाडि देखि कोरोना सक्रमण देखिएको थियो । पछिल्लो समयमा कम्पनीले क्वालालम्पुर अस्पतालमा लगेर उपचार गराएको भएपनि आज विहान करीव ८ वजेतिर उपचारकै क्रममा पुलामिको मृत्यु भएको हो ।
पुलामि याक्का मेनपावर मार्फत डेल्टा फोर्स सेक्युरिटि कम्पनीमा रोजगारको लागि आएका थिए ।
मृतक पुलामिको परिवारमा आमा श्रीमती दुई छोरा एक भाई तीन दिदीवहिनी रहेका छन ।
यस अघिपनि कोराना सक्रमणवाट सुर्खेतकै एक नेपालीको मृत्यु भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर