
१९ श्रावन २०७८, मंगलवार
रामचन्द्र नेपाल/ काठमाण्डौ
कमाई गरेर छोराले ल्याउला र वृद्ध वावुआमा पाल्ला भन्ने आशा वोकेर मलेसिया पठाएका वृद्धआमा वुवाको सपना त्यो छोराले वुझेन ।परदेशवाट कोहि आउदा आफना श्रीमान कस्ता छन कहिले आउछन भनेर सोधीरहने श्रीमतीको सझना त्यो श्रीमानले वुझेन । नत स्कुलमा जादा हाम्रा वावा त आउनु भयो तिम्रो वावा कहिले आउनुहुन्छ भनेर छोरीलाई सोधिरहने छोरीका साथी सगीलाई छोरीले उत्तर दिन पाईन ।
अठार वर्ष अगाडि मलेसिया गएका खोटाङ खोटेहाङ गाउँपालिका ५ चिप्रुङका रन बहादुर बिष्ट अन्तत मलेसियामै विलाए ।
कमाएर ल्याएर वृद्ध वावुआमा पाल्ने सोचाईले विदेश पठाएका छोराको उतै मृत्यु भयो भन्ने सुनेका आमावुवा विछिप्त त छन नै जीवन जीउने साहारा वृद्धभत्ता हुने भएको छ ।
एघार वर्ष सम्म वाटो हेरेकि श्रीमतीले पनि श्रीमानको चाला निको नदेखेपछि जीवन जीउन पाटो रोजीन परिवारको सल्लाह अनुसार नै छोरीलाई साथैमा लिएर अन्तै विहेवारी गरेर गईन ।
रन वहादुरले मलेसिया गएपछि कहिल्यै पनि घरपरिवार संझिएनन । घर परिवारको काईलो छोराले परिवार नै विर्सियो । आफन्त नातागोता पराई जस्तै भए । आफनै सहोदर दाजु र भाई सगै मलेसियामा उनको भेट त भयो तर दाजुभाईले घर फर्कन आग्रह गर्दा ‘जाने हो अव जाने हो भनेर टारिरहे’ ।
अवैधानिक अवस्थामा रहेर रन वहादुरले मलेसियाका धेरै ठाउँ चाहरे । क्वालालम्पुर,जोहोर,पेनाग,मलक्का,मुहार,वातुपहातहरु एनका लागि नजिकै भए तर आफनै देश विरानो भयो । धेरै कम्पनीका मालिकहरु फेरे तर आफैलाई फेर्न भने उनले कहिले सकेनन ।
पछिल्लो समयमा उनी सुगर र प्रेसरका विरामि भैसकेका थिए । जुलाई १तारिख देखि तामिनजयाको एउटा होटलमा काम गर्दे पनि आएका थिए । तर गत शुक्रवार एकाएक साथीभाई संग साझँ वसिरहेको अवस्थामा ढल्न पुगे । साथीभाईले काजाङ अस्पतालसम्म पुरयाए,अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भयो ।
जीउदो हुदा सम्म परिवार विर्सिएका रन वहादुरको मृत्यु पश्चात साथीभाईले परिवार खोजी गरिदिनु पर्ने भयो ।
साथमा रहेको पासपोर्टको फोटोकपि हेरेपछि साथीहरुले खोटाङ दिक्तेलमा चिनेजानेकाहरुलाई खवर गरिदिए । तर पत्याउन मुस्किल किनकि उनी मलेसिया जादा भन्दा धेरै फेरिएका थिए ।
गाउँकै दाई हिम विष्ट जो चिप्रुङकै विधालयको प्रधानाध्यापक हुनुहुन्छ फोटो हेरेपछि भन्नुभयो ‘ओहो मैले त शुरुमा चिन्न सकिन वल्लतल्ल चिने । गाउँकै भाई हो कती गरियो फर्केर आईज भनेर तर मानेन आज यस्तो अवस्थामा पुग्यो । भाईपनि अस्ती भर्खर साउदी होकि कतार कता तिर गएको छ । वाउँआमा वुढा छन वडा विजोग गरायो भाईले’ ।
गाउँपालिकामा भने खवर अहिले सम्म पुगेको छैन खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई भन्नुहुन्छ ‘सामाजिक संजालमा चिप्रुङका भाई वितेको खवर थाहा पाए वडा अध्यक्ष पनि काठमाण्डौ तिर हुनुहुन्छ’ ।
यतिवेला रन वहादुरको शव मलेसियाको काजाङ अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । शवलाई के गर्ने भन्ने टुगोमा परिवार पुगिसकेको छैन ।