
१९ श्रावन २०७८, मंगलवार
गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय समिति जोहोरबारुले”हुनेले दिउँ, नहुनेले लिउँ” नामक फुड वैकको शुरुवात गरेको छ ।
कोभिडका कारणले रोजगारी गुमाएका तथा रोजगारदाताले राम्रो हेरविचार नगरेका तथा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न सकियोस भन्ने उदेश्यले फुडवैक अभियानको शुरुवात गरिएको हो । जोहारवारु क्षेत्रका विभिन्न ठाउँहरुका रहेका साथीहरुले प्रत्यक्षरुपमा सहयोग गर्न सकियोस भन्ने उदेश्य सहित समितिले सवैको ठेगाना र फोन नम्वरहरु समेत सार्वजनिक गरेको छ ।
जोहारवारु समितीले गरेको यो कदम निकै प्रशसनीय रहेको एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले वताए । उनले भने यो एकदमै राम्रो कामको शुरुवात भएको छ अव यस्तै अरु ठाउँमा रहेको साथीहरुले पनि यो अभियानलाई साथ दिनुहुनेछ ।