
१९ श्रावन २०७८, मंगलवार
फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुई जना महिलालाई थुनामा पठाउन आदेश दिएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ की प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ की ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुरागकुमार द्विबेदीका अनुसार जिल्ला अदालतको आदेश लगत्तै उनीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।