१९ श्रावन २०७८, मंगलवार

खोटाङ सेवा समाज युके द्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा।प्रमोद कोयी राईलेखोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रोहवरका खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।

संस्थाले पहिलो चरणमा थरमल गन,कन्सनट्रेटर छी मेसिन,पल्सअक्सी मिटर,इन्ट्यूवेसन सेट,अक्सिजन माक्स्,सक्सन ट्यूव,गाइड्लर एरवेज,थ्रिवएज अक्सिजन कारमेला सहयोग गरेको थियो । यसैगरी दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन,प्यासेन मनिटर,स्टाण्ड माउन्टेड,एन्टिजेन टेस्ट कीटक चौविस लाख साठीहजार दुईसय वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

पहिलो चरणको स्वास्थ सामाग्रीहरु भने खोटाङ जिल्लाका दसवटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रहोबरमा हस्तान्तरण गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर