
१९ श्रावन २०७८, मंगलवार
नेकपा एमालेको स्थायि कमिटिको वैठकले पार्टिका विभिन्न नौ केन्द्रिय सदस्यहरुको मनोनयन गरेको छ । साथै आउदो भदौ २७ र २८ गते काठमाडौमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष केपी ओलीले सोमबार गठित पार्टी स्कुल विभाग प्रमुखको पनि जिम्मेवारी लिएका छन् । सगंठन विभाग प्रमुखमा विष्णु पौडेल,संसदिय विभागमा सुवास नेम्वाग,आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल,पर्यटन प्रर्वधन विभाग प्रमुखमा भानुभक्त ढकाल,विदेश विभाग प्रमुखमा डा.राजन भटटराई,स्थानिय तह विभागमा अग्नि खरेल, निर्वाचन विभागमा देवेन्द्र दाहाललाई जिम्मेवारी तोकिएको छ ।
यस्तै प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली रहेका छन् भने विभागको उपप्रमुखमा सूर्य थापा रहेका छन् ।
यस्तै सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मल शर्मा, यशोदा तिमल्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे रहेका छन् ।
एमालेले स्थायी कमिटीबाट स्कुल र प्रचारसहित विभिन्न ९ विभाग बनाउने निर्णय गरेको थियो ।