१८ श्रावन २०७८, सोमवार

सिद्धार्थ राजमार्गको बुटवल -पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ३ सिद्धबाबा सडकमा माथिवाट आएको पहिरोमा परी वोलेरो गाडि च्यापिएको छ । घटना अहिले साझँ आठ वजेतिर घटेको हो ।

पहिरोले च्यापिएर जीपका सहचालक स्याङ्जा वालिङ नगरपालिका ११ बस्ने २३ वर्षका आशिष खाँणको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवल जादै गरेको गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी माथिवाट खसेको पहिरोले च्यापिएको थियो ।
जिपलाई च्याप्दा जीपमा सबार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जनकारी गराए ।
घाइते हुनेमा जीप चालक स्याङ्जा चापाकोट नगरपालिका ५ बस्ने २६ वर्षीय डिलु थापा रहेका छन र उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
प्रहरी, स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए ।
पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक एकतर्फी सञ्चालनमा आइसकेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर