
१८ श्रावन २०७८, सोमवार
एनआरएनए नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् ।
यस्तै महासचिवमा विष्णु गौतम,सचिवमा विजयी काफ्ले युवा संयोजकमा विक्रम बस्नेत महिला संयोजकमा र प्रवीणा मुनाकर्मी निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना र आइसीसी सदस्यमा राजु आर्याल निर्विरोध निर्वाचित भएका छन्।
नर्वेमा अध्यक्ष र सचिव पदका लागि मात्र चुनाव भएको थियो ।