१८ श्रावन २०७८, सोमवार

सिद्धार्थ राजमार्गको बुटव -पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ३ सिद्धबाबा सडकमा माथिवाट आएको पहिरोमा परी वोलेरो गाडि च्यापिएको छ । घटना अहिले साझँ आठ वजेतिर घटेको हो ।
पाल्पाबाट बुटवल जादै गरेको गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन् ।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।
घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ । यस्तै, पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर