
१८ श्रावन २०७८, सोमवार
महिला युवतीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका -१२ अमरसिंहचोक स्थित एस के खाजाघर संचालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा -२७ रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो
पक्राउ परेका उनीहरुविरुद्ध मानव वेचबिखन तथा ओसार पसार मुद्धामा अनुसन्धान भईरहेको साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।