दिनेश खड्का खप्तडि/क्वालालम्पुर

१८ श्रावन २०७८, सोमवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
पाल्पा जिल्लाको रिद्धिकोट ७ मुखियाचौरका ३२ वर्षका यम वहादुर गाहाको मृत्यु भएको हो ।
गाहा रोजगारीका लागि दुईवर्ष अगाडि रोज इप्लोइमेण्ट प्रालीवाट मलेसियाको वि क्यानेन कम्पनी शाहआलममा कुक कामको लागि आएका थिए । गाहामा केहि दिन अगाडि कोरोना सक्रमण देखिएको थियो । होस्टलमै क्वारेन्टाईनमा वसिरहेका गाहालाई स्वास्थमा समस्या देखिन थालेपछि अस्पतालमा लगेर भर्ना गरिएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।
कोरोना सक्रमणपछि मृत्यु भएकाहरुको शव नेपाल ल्याउन समस्या हुने भएकोले मलेसियामै अत्येष्टि गरिने तयारी भएको परिवारले जानकारी गराएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर