१८ श्रावन २०७८, सोमवार
बागलुङको गल्कोट नगरपालिका-१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।
काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्रिबस गलकोटको सौराहमा दुर्घटना भएको हो।
बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिए।
दुर्घटनामा बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा र नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन रहेका छन ।
यसैगरी, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर रहेका छन ।
घाइते हरुलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ लगिदै छ ।
सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









