दिनेश खडका खप्तडि/ क्वालालम्पुर

१८ श्रावन २०७८, सोमवार

कोराना सक्रमणका कारण मलेसियामा एक हप्तामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ ।
जेके सेक्युरिटी कम्पनीमा कार्यरत सङ्खुवासभाका ३९ वर्षियप्रेम कुमार राईको कोरोना सक्रमणको कारण सोमवार विहान मृत्यु भएको हो ।
केहि दिन अगाडि कोरोना सक्रमण देखिएका उनी होस्टलमै आईसोलेनमा वस्दै आएका थिए ।

सक्रमण वढदै गएपछि चार दिन अगाडि मात्रै उनलाई कम्पनीले सलायाग अस्पतालमा लगेर भर्ना गरेको थियो । विहान उपचारकै क्रममा सोमवार विहान करीव साढे सात वजेतिर उनको मृत्यु भएको कम्पनीले जानकारी गराएको छ । राई पाच वर्ष अगाडि रोजगारीको लागि टेडवेय इण्टरनेशनल मार्फत सेक्युरिटि गार्डको लागि मलेसिया आएका थिए ।
केहि दिन अगाडि मात्रै कपिलवस्तु भएर भई सोहि कम्पनीमा कार्यरत ४३वर्षका मनिकुमार चन्द वोहोराको कोरोना सक्रमणकै कारण मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस

कोरोना सक्रमणवाट मलेसियामा कपिलवस्तुका एक नेपालीको मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित खवर