
१८ श्रावन २०७८, सोमवार
अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने भएको छ ।
विदेशमा रहेको सबै नेपाली नियोगहरूलाई समेत यसबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणीकरण गर्नु नपर्ने विभागले जनाएको छ ।
यसअघि विदेश जाने कामदार र विद्यार्थीहरुले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिए पनि त्यसलाई फेरि कन्सुलर विभागबाट पनि प्रमाणीकरण गर्दै आएका थिए ।