१७ श्रावन २०७८, आइतवार

अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या  ११३ पुगेको  छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।

नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् ।

गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ । एजेन्सि

प्रतिक्रिया

सम्बन्धित खवर