१७ श्रावन २०७८, आइतवार

अर्घाखाँची /आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पिडितको बुबालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुष रहेका छन् । निजलाई हिजो शनिबार प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै जंगलमा घाँस काट्न गएकी छोरीलाई जंगलमै जवरजस्ती करणी गरेको सुचनाको आधारमा प्रहरीले निजलाई पक्राउ गरेको खुलाएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर