१७ श्रावन २०७८, आइतवार

वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा १२ सय ४२ जना नेपालीहरुले विदेशमा ज्यान गुमाएका छन । जसमध्ये २९ जना महिला छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

वैदेशिक रोजगार वोर्डका अनुसार सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ । साउदीमा २ महिला सहित ३ सय ६२ जनाले ज्यान गुमाएका छन ।
यसैगरी मलेसियामा १ महिला सहित २ सय ८० जना, कतारमा २ महिलासहित २ सय ३९ जनाले ज्यान गुमाएका छन ।
यस्तै युएईमा १२ महिला सहित २ सय ८ जना,कुवेतमा ५५ जना, बहराइनमा ३१ जना र ओमानमा ७ जना नेपालीले ज्यान गुमाएका छन ।

त्यसैगरी, जापानमा ९,जोर्डनमा ६ मकाउमा, रोमानिया, र टर्कीमा ३–३ जनाको मृत्यु भएको छ ।
यस्तै अफगानीस्थान, अल्जेरिया, चीन, साइप्रस र सेसेल्समा २–२ जनाको मृत्यु भएको छ भने युगान्डा, सिंगापुर, पोर्चुगल, पोल्यान्ड, माल्दिभ्स, लेवनान, इजराय र ब्रुनाईमा १–१ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर