१७ श्रावन २०७८, आइतवार

यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र लाइसेन्स खुलाउने तयारी गरेको छ ।
भदौको पहिलो साताबाटै सवारी चालक अनुमति पत्र खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

‘अहिलेसम्म प्रदेश सरकारको निर्णय कुरेर बसेका छौँ’ उनले भने, ‘यो महिना हेर्छौ त्यसपछि पनि खुलाएनन् भने विभागबाट सुचना निकालेर ट्रायल खुलाउछौं ।’

यस अघि करिब ६ लाख व्यक्तिहरुले ट्रयालको लागि फारम भरिसकेका छन ।  ट्रायल खुल्नासाथ जहाँबाट फारम भरेको हो त्यहीको सम्बन्धित कार्यालयले सम्पर्क गर्नेछ महानिर्देशक घिमिरेले जानकारी गराए । फर्म भरेका र त्यसैको हाराहारीमा फर्म भर्नको लागि तयारी भएर वसिरहेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर