
१७ श्रावन २०७८, आइतवार
डोटीमा निषेधाज्ञाको समयावधि साउन २४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा वैशाखदेखि गरिएको निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौंपटक हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभित्रका आन्तरिक सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने, पसलहरु बिहान ६ बजेदेखि राति ८ बजेसम्म खोल्नका लागि अनुमति दिएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने भएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेस्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।