१७ श्रावन २०७८, आइतवार

अमेरीकामा एक नेपाली युवाको मृत्यु भएको छ । पर्वत घर भई ५ वर्ष अगाडि अमेरीका पुगेका २८वर्षिय विपिन लम्सालको मृत्यु भएको एनआरएनए अमेरीकाले जनाएको छ ।
घरमा रहेको वखत अचानक स्वास्थमा समस्या देखिएपछि उपचारको लागि एल्महस्र्ट अस्पतालमा पुरयाईएको केहि घण्टामै लम्साललाई अस्पतालले मृत घोषणा गरेको थियो ।
लम्सालको शवलाई नेपाल पठाउनको लागि गो फण्ड मि खाता खोलेर आर्थिक सकंलन गरिएको एनआरएनएले जनाएको छ । १५ हजार डलर लक्ष्य राखिएर खोलिएको फण्डमा हाल सम्म ३ हजार ६ सय ५५ डलर संकलन भैसकेको छ ।
शवलाई नेपाल पठाउनको लागि आवश्यक प्रकृया शुरु भैसकेको एनआरएनए अमेरीकाका अध्यक्ष वुद्धि सागर सुवेदीले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर