
१७ श्रावन २०७८, आइतवार
एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त निर्वाचित भएका छन ।
यसैगरी खुल्ला उपाध्यक्षमा लोकमणि ढकाल र मेनका त्रिपाठी, महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा भरतकुमार चलाउने, युवा संयोजकमा, सुदीप सापकोटा, साँस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजक सोनी तुलाचन निर्विरोध भैसकेका थिए ।
यस्तै हामवर्गबाट केन्द्रीय सदस्यमा मिरा कार्की र प्रशान्त पोखरेल विजयी भएका छन् ।आईसिसिमा शंकर डाँगी विजयि भएका छन ।