१७ श्रावन २०७८, आइतवार

सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार राती फेरि बाढी आएको छ । बाढीको कारण तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार बाढीले केही घरमा क्षति पुगेको तथा तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको बताए ।

गतअसार १ गते आएको बाढीले हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् । दर्जनौ घरहरु पुरिएका थिए भने सयौ रोपनी खेतवारी वगरमा परिणत भएको थियो ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर