
१७ श्रावन २०७८, आइतवार
दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे भारतीय पक्षले जबाफ पठाएको वुझिएको छ श्रोतका अनुसार
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाएका हुन्।
जवाफमा , भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै तुुइन तरिसकेपछि युुवक आफैं चिप्लेर महाकालीमा खसेका हुुन् भन्ने उल्लेख गरिएको श्रोतले जानकारी गरायो
शुुक्रबार बिहान व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको छ। हाल प्रकाशन र प्रशारण भैरहेका सूचना र समाचारप्रति दार्चुला प्रशासनको ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ती जारी गर्दे, ‘सो घटना अनुसन्धानरछानविनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन सूचनारसमाचार प्रकाशन नगरिदिन अनुरोध छ।’
प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। गृहमन्त्रालयले पनि घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिईसकेको छ ।
यो पनि पढनुहोस
तुईन काट्ने एसएसबीविरुद्ध पिथौरागढकाे पागला प्रहरी थानामा उजुरी
दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह अझै भेटिएनन
दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता