१७ श्रावन २०७८, आइतवार

उद्योग संगठन मोरङले प्रदेश १ का लगानीमैत्री क्षेत्रहरूमा सहकार्य गर्न प्रदेश सरकार समक्ष आग्रह गरेको छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगसँगको छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले लगानीमैत्री क्षेत्रमा सरकारसँग मिलेर बहुआयामिक कार्यक्रम सञ्चालन गर्न आपूmहरू तयार रहेको  बताए ।

छलफल कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राई, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा ले सरकारले तीनखम्बे अर्थतन्त्रलाई प्राथमिकतामा राखेको भन्दै संगठनले प्रस्तुत गरेको योजनाले प्रदेश १ को पहिचानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर