१६ श्रावन २०७८, शनिवार

गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीका २५५ जना, तनहुँका १०७ जना, गोरखाका ५७ जना, लमजुङका दुई जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपुरका ५४ जना, स्याङ्गजाका ३६ जना र बागलुङका आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६७ हजार ७०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२२ जना कोरोनामुक्त भएका छन् ।

शनिबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, नवलपुरका दुई जना, कास्की जिल्ला पोखरा महानगरका चार जना र पर्वतका एक जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर