७ भाद्र २०७७, आइतवार

पाल्पा अस्पतालमा पिसिआर मेशिन खरिद गर्नको लागि सरकारले एक करोड निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पाल्पा अस्पतालको नाममा पीसीआर मेसिन खरिद् गर्न उक्त रकम निकासा गरेको हो ।
पाल्पा क्षेत्र न ३ का सांसद सोम प्रसाद पाण्डेयले आफनो फेशवुक स्टाटसमा उक्त कुराको जानकारी गराउनु भएको छ ।

हेरौ सांसद पाण्डेको फेशवुक स्टाटस

पीसीआरका( PCR)लागी एक करोड निकासा।

पाल्पा अस्पतालमा पिसिअार मेशिन जडान गर्ने यसअघिको निर्णय कार्यान्वयन गर्न छोटो प्रक्रिया बाट पाल्पा जिल्ला अस्पताललेनै पिसीअार मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम पाल्पा अस्पतालको नाममा निकाशा गरेको छ । कोरोना संक्रमण , रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको २०७७ भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा दिएको छ। जिल्लास्थित सिसिएमसी र अस्पताल व्यस्थापन समितिले छोटो प्रक्रियाबाट पिसिआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्नेछ भन्ने विश्वास लिएको छु। कोरोना समुदायमा देखिन थालेको यस परिस्थितिमा पाल्पाली दिदीबहिनी दाजुभाइको जिल्लामै पीसिआर परीक्षण गर्न सहज हुने वातावरण बनेको छ । घरमैरहौं, सुरक्षितबसौ-

 

प्रतिक्रिया

सम्बन्धित खवर