१६ श्रावन २०७८, शनिवार

रामेछापको खाडँदेवि गाउँपालिका वडा न सातमा पर्ने टिमुगाउँ पहिरोको उच्च जोखिममा परेको छ । दलितहरुको वस्ती रहेको उक्त ठाउँमा रहेका करीव सत्र घर जोखिममा परेको गोविन्द वर्देवाले जानकारी गराएका छन ।

लगातार परेको अविरल वर्षाले पहिरो गएपछि गाउँ उच्च जोखिममा परेको हो । पिडितहरुले सम्वन्धित निकायको ध्यान गराउदा पनि कुनै सुनुवाई हुन नसकेको गाउँलेहरुको गुनासो गरेका छन ।
हिजो प्रहरीको एउटा टोलि पुगेर वस्ती जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा वस्न अनुरोध गरेका थिए ।

उनीहरुको वस्ने अर्काे ठाउँ नहुदा समस्या परिरहेको छ । हामिले समस्याको वारेमा गाउँपालिकाका सम्वन्धित ब्यक्तिहरुलाई जानकारी गरायौ तर उहाँहरुले हाम्रो समस्या वुभिदिनु भएन हामि निकै समस्यामा छौ गोविन्दले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर