१५ श्रावन २०७८, शुक्रवार

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।  भण्डारीलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

उनी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त थिए  ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । जुन सुन प्रहरीले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । उक्त घटनामा भण्डारीको पनि संलग्नता रहेको पाइएको थियो । तर, उनी फरार थिए ।

उक्त सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेती पक्राउ परेसँगै यो घटनामा धेरै जना मुछिएका थिए ।

प्रहरीले ६३ जनाविरुद्ध मुद्दा चलाएको थियो । यसका मुख्य अभियुक्त गोरे अहिले पनि जेलमा छन् । यो घटनाको रहस्य अझै पनि खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर