दिनेश खड्का खप्तडि/क्वालालम्पुर

१५ श्रावन २०७८, शुक्रवार

मलेसियामा दुईदिनको अवधिमा ६ जना नेपालीको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।

विहिवार र शुक्रवार गरेर ६ जना नेपालीहरुको मृत्यु भएको हो ।

कोरोना सक्रमणवाट शुक्रवार साझँ करीव ५ बजे तिर झापामा एक युवकको मृत्यु भएको छ ।

गौरीगन्ज गाउँपालिका वडा नम्वर तीन घर भई मलेसियामा कार्यरत खेमराज कार्किको आज मृत्यु भएको हो ।

मलेसियाको नोभा सेल्ड एसडिएन विएचडि कम्पनीमा सेक्युरिटि गार्डको रुपमा कार्यरत कार्किलाई केहि दिन अगाडि कोरोना सक्रमण देखिएको थियो । कम्पनीले थप उपचारको लागि २७  तारिखका दिन सुगाईवुलोमा उपचारको लागि भर्ना गरेकामा आज शुक्रवार साझँ मृत्यु भएको हो ।

करीव साढे तीन वर्ष अगाडि रोजगारीका लागि मलेसिया गएका कार्किको परिवार एक छोरा एक छोरी रहेका छन ।

मृतक कार्किको शव पोस्टमार्टको लागि अस्पतालमै राखिएको छ । कार्कि तीन वर्ष अगाडि द रिभर ओभरसिज मार्फत रोजगारीको लागि मलेसिया आएका थिए ।

यो पनि पढनुहोस

मलेसियामा कोरोना सक्रमणवाट मोरङका एक नेपालीको मृत्यु

मलेसियामा कोराना सक्रमणवाट सुर्खेतका एक नेपालीको शुक्रवार विहान मृत्यु

कोरोना सक्रमणवाट मलेसियामा कपिलवस्तुका एक नेपालीको मृत्यु

 

प्रतिक्रिया

सम्बन्धित खवर