दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१५ श्रावन २०७८, शुक्रवार

गैर आवासिय नेपाली संघको सातौ अधिवेशन सम्पन्न भएको छ । उदघाटन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले मलेसियाका संघसंस्था एक भएर नेपालीहरुको हितमा काम गर्न अनुरोध गरेका थिए ।

राजदुत पाण्डेले भने मलेसियामा धेरै समस्याहरु रहेका छन ती एउटैले समस्याको समाधान गर्न सक्दैन सवै मिल्न सक्यो भने ति समस्याहरु पक्कै समाधान हुनेछन । उनले मलेसियामा कतिपयले घरजानको लागि चेक आउट मेमो नपाएको गुनासो सुनेको तर समस्यामा परेकाहरुको निम्ति चेकआउट मेमो वनाउने कार्यमा दुतावासले भुमिका खेल्ने वताए ।

उनले मलेसियामा एनआरएनका सदस्यहरु वढेको भएपनि क्षेत्रिय कमिटी विस्तार हुन नसकेको भन्दै मलेसियाको वातुपहात,मलक्का,पेनाग,सेलागर जस्ता ठाउँमा पनि क्षेत्रिय कमिटी गठन गर्न अनुरोध गरे ।
कार्यक्रममा एनआरएनका सल्लाहकार कुल आर्चाय,एनआरएनका महिला उपाध्यक्ष रविना थापा, उपाध्यक्ष डा.वद्रि केसि,महासचिव डा.हेमराज  शर्मा, एनआरएनएका सल्लाहकार टिवि कार्कि,संघका प्रवक्ता डिवि क्षेत्री,एनआरएनए स्पोर्ट एकेडेमिका सदस्य धर्मराज गिरी,एनआरएनए चाईनाका अध्यक्ष प्रदिप न्यौपाने, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली,एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपाने,एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द्र प्रसाद श्रेष्ठ(गाविन्द) एनआरएनए मलेसियाका संस्थापक अध्यक्ष शंकर वहादुर पौडेल, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी पुर्व अध्यक्ष तथा आईसिसि सदस्य विश्व राई,आईसिसि सदस्य टेक टोमटा,जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनी,जन प्रगतिशिल मन्चका अध्यक्ष प्रेम पाण्डे,प्रवासी नेपाली मन्चका जीवन देवान गाँउले,प्रवासी नेपाली एकता समाजका अध्यक्ष योगेन्द्र कुवँर ,एनआरएनए मलेसियाका सल्लाहकार रमेश तिवारी,सुदुर पश्चिमेली नेपाली सेवा समाजका समिर मल्ल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले आर्थिक प्रतिवेदन तथा सचिव रन्जीत क्षेत्रीले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
संघका अध्यक्ष हरि भटटराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुभद्रा लिगदेन तथा कार्यक्रमको संचालन पत्रकार उद्धव भटटराईले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर