१५ श्रावन २०७८, शुक्रवार

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ।

https://amzn.to/4myfPN5

कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो संक्रमण देखिएको हो।

कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए।

कोरोना पोजिटिभ देखिएका कैदीलाई कारगारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाइ अलग राखिएको बताइएको छ। साथै कारोना नभएका कैदीलाई तल्लो तलामा व्यवस्थापन गरिएको पाण्डेले बताए।

कारागारमा रहेका अधिकांश कैदीलाई कोराना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि  खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएको छ।

भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजेटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर