दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१५ श्रावन २०७८, शुक्रवार

गैर आवासिय नेपाली संघ(एनआरएनए) मलेसियाको महाधिवेशन आज शुक्रवार नेपालको समय अनुसार बिहान १० बजे तथा मलेसियाको समय दिउसो १२:१५ वजे देखि कार्यक्रम शुरु हुने  भएको   छ । जुम मार्फत हुने कार्यक्रमको प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे रहेका छन । कार्यक्रमको सभापति अध्यक्ष हरि भटटराईले गर्ने कार्यक्रम छ ।
यसैगरी एनआरएन अध्यक्ष कुमार पन्त,संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,पुर्व अध्यक्ष तथा संरक्षकहरु देवमान हिराचन,जीवा लामिछाने,डा.शेष घले,संरक्षक राम प्रताप थापा,निर्वतमान अध्यक्ष भवन भटट लगायतले कार्यक्रमलाई विशेष सम्वोधन गर्ने कार्यतालिका रहेको एनआरएनए मलेसियाले जनाएको छ ।
यसैगरी केन्द्रिय समितिका पदाधिकारीहरु, मलेसिया एनआरएनए पूर्व अध्ययहरु,राजनैतिकदलका प्रदाधिकारीहरु,विभिन्न संघसंस्था,जातिय,धार्मिक,क्षेत्रिय,तथा विभिन्न क्षेत्रमा क्रियाशिल रहेका सामाजिक अगुवाहरुले  शुभकामना मन्तब्य राख्ने कार्यक्रम छ ।महाधिवेशनको लागि Zoom Hall Zoom ID : 93629177103 Passcode : 2021 लगईन गरेर सहभागि वन्न सकिेन भएको   छ ।मलेसियामा  ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य हो ।

यो पनि पढनुहोस

एनआरएनए मलेसियाको ७ औ राष्ट्रिय महाधिवेशन जुलाई ३० तारिखमा

 

 

प्रतिक्रिया

सम्बन्धित खवर