१४ श्रावन २०७८, बिहिवार

बिहीबार गण्डकीका ४२७ जनामा कोरोना पुष्टि भएको छ।

https://amzn.to/4myfPN5

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीका ३६४ जनामा गरिएको नमुना परीक्षणमा १६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका २७ जना, गोरखाका ३१ जना, लमजुङका नौ जना, नवलपुरका ६९ जना र स्याङ्गजाका ४३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ४१ जना, बागलुङका २१ जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६६ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर