
१४ श्रावन २०७८, बिहिवार
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १४, देवदह नगरपालिका ५ जना, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिकाका ४–४, सिद्धार्थनगर नगरपालिका २ जना, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिका १–१ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।