१४ श्रावन २०७८, बिहिवार

बिहीबार सेयर बजार १५ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजार ७९ अंकमा कायम भएको छ।

यसअघि हिजो हालसम्मकै उच्च अंक ३ हजार ९४ अंकको रेकर्ड बनेको थियो। सो दिन १३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज भने १० अर्ब ९० करोडको सेयर किनबेच भयो।

होटल तथा पर्यटन र विकास बैंक समूह मात्रै बढेका छन्। होटल तथा पर्यटन समूह ४५ अंकले बढेको छ भने विकास बैंक समूह ५३ अंकले बढेको छ।

यस दिन बैंकिङ १०, ब्यापार ४, जलविद्युत २८, फाइनान्स ५३, निर्जीवन बीमा ६९, उत्पादन ५३, अन्य १२, माइक्रोफाइनान्स ४ र जीवन बीमा समूह ८६ अंकले घटे।

 

प्रतिक्रिया

सम्बन्धित खवर