
१४ श्रावन २०७८, बिहिवार
पश्चिम रुकुमको त्रिबेणि गाउँपालिका– ४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनामा तीन जना पक्राउ परेका छन् ।
मृतकका माइला जेठाजु केशरबहादुर खडका र उनका दुई छोराहरु १५ र ११ वर्षीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
सोमबार राति मनकलाको घर नजिकैको भैसी गोठ मुनि मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो । खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ ।