दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१४ श्रावन २०७८, बिहिवार

गैरआवासीय नेपाली संघ(एनआरएनए) मलेसियाको ७ औ राष्ट्रिय महाधिवेशन जुलाई ३० तारिख शुक्रवार हुने भएको छ ।
मलेसियामा कोरोना सक्रमण वढिरहेको र लकडाउनको अवस्था रहेकोले भर्चुअल माध्यमवाट महाधिवेशन गर्न थालिएको हो ।
नेपालको समय अनुसार बिहान १० बजे तथा मलेसियाको समय दिउसो १२:१५ वजे देखि कार्यक्रम शुरु हुने आयोजकहरुले जानकारी गराएका छन ।
महाधिवेशनमा भाग लिनको लागि Zoom Hall Zoom ID : 93629177103 Passcode : 2021 लगईन गरेर सहभागि वन्न सकिेन भएको    छ ।
यसअघि नै मलेसियाको अधिकाशं कार्यसमितिको टुगो लागिसकेको छ ।
अधिवेशन सम्पन्न गराउनको लागि यस अघि पुरुषोत्तम कट्टेलको संयोजकत्वमा विष्णु प्रसाद पौडेल,बाबुराम शर्मा,वासु पोख्रेल र नेपाली दूतावासका प्रतिनिधि रहने गरि निर्वाचन समिति गठन भएको थियो । त्यसको एकहप्ता पछिनै निर्वाचन समितिका पदाधिकारीहरुले एकाएक निर्वाचन समिति विघटन भएको जानकारी गराएपछि केन्द्रवाट नै सर्वसम्मत समितीको घोषणा गरिएको थियो ।
एसिया प्यासिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

जसअनुसार अध्यक्ष विनोद वहादुर थापा,बरिष्ट उपाध्यक्ष इन्द्र नारायण लिम्बु , महासचिव रन्जित कुमार क्षेत्री, सचिव रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्ष कृष्ण नेपाल, सहकोषाध्यक्ष बलध्वोज लिम्बु ,युवा संयोजक अरुण गिरि सर्वसहमत निर्विरोध निर्बाचित भएका छन ।

यसैगरी यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा सर्वसहमत निर्बाचित भएका छन । ।
यसैगरि वरिष्ट उपाध्यक्षमा हेमराज सापकोटा,उपाध्यक्षमा राकेश प्रसाद महतो,दिलकुमार केरुङ र जयराम तिमल्सिनाको उम्मेदवारीपरेकोमा अधिवेशनमा पठाईने उल्लेख गरिएकोमा भोली हुने महाधिवेशनले सवैको टुगो लगाउने छ ।
यसैगरी आईसिसि सदस्यमा रमेश प्रसाद तिवारी , शुभद्रा कुमारी लिम्बु ,टेक बहादुर टमटा ,लाल बहादुर आले, नेत्र बहादुर क्षेत्रि,बिरेन्द्र बहादुर नेगीको उम्मेदवारी परेको र कार्यसमितिवाटै टुगो लगाईने भएको छ ।
मलेसियामा आईसिसिवाट पाँच जना मात्रै आइसिसि सदस्य वन्न पाउने छन तर छ जनाको उम्मेदवारी परेको छ ।

मलेसियामा  ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर