१४ श्रावन २०७८, बिहिवार

२४ घण्टामा विश्वभरमा कोरोनाका कारण ९ हजार आठ सय ९९ जनाको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार सय ६५ पुगेको छ।

https://amzn.to/4myfPN5

अमेरिकामा पछिल्लो २४ घण्टामा ८४ हजार चार सय ६ जनानमा संक्रमण भएको छ। यस्तै थप चार सय ८३ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा गत २४ घण्टामा ४८ हजार बढी संक्रमित थपिएका छन् भने एक हजार तीन सय ६६ जनाको मृत्यु भएको छ। भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको छ।

यस्तै म्याक्सिकोमा २ लाख ३९ हजार ७९ जना, पेरुमा एक लाख ९६ हजार एक सय ३८ जना, रूसमा १ लाख ५६ हजार ‍एक सय ७८ जना, बेलायतमा १ लाख २९ हजार चार सय ३० जना, फ्रान्समा १ लाख ११ हजार सात सय ३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५३ हजार पाँच सय २२ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार चार सय ६० छ। पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७७ हजारभन्दा बढी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर