१४ श्रावन २०७८, बिहिवार

कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ ।

आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखाअगाडि अँध्यारो देखिन्छ ।

मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्कसम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।

यस्तो भएमा तत्कालै स्वास्थ्य परीक्षण गराउनुस् ।

शरीरमा पानीको कमी हुँदा पनि चक्कर आउँछ, लगातार टाउको दुख्छ र दृष्टि धमिलो हुँदै आउँछ । विशेषगरी वृद्ध र मधुमेहका रोगीहरूलाई यस्तो समस्या बढी हुन्छ । टन्न पानी पिउने गर्नुपर्छ ।

कानमा संक्रमण हुँदा पनि चक्कर आउँछ ।

अनि बढी औषधि खाएमा पनि चक्कर आउँछ ।

शरीरमा कमजोरी, रगतको कमी वा कोशिका घट्दा पनि बारम्बार चक्कर आउने समस्या आइलाग्छ । यस्तो अवस्थामा फल, तरकारी, नरिवल पानी, किवी, अनार जस्ता स्वस्थ खानेकुरा खानुपर्छ ।

नसामा कमजोरी, कुनै किसिमको आघात, पीडा र सुन्निने समस्या हुँदा पनि चक्कर आउँछ ।एजेन्सीवाट

प्रतिक्रिया

सम्बन्धित खवर