१३ श्रावन २०७८, बुधवार

केही दिन यता गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि आएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीप्रदेशमा  थप ६२५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका  २५५ जना तनहुँका ६० जना, गोरखाका ४७ जना, लमजुङका २० जना, नवलपुरका ७७ जना र स्याङ्गजाका ५० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका २१ जना, बागलुङका ६३ जना र म्याग्दी जिल्लाका ३२ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

बुधबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका दुई जना, बागलुङका एक जना र कास्की जिल्लाका चार जना छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर