२०७८ श्रावण १३, बुधबार

शान्तिपुरबाट तम्घास आउदै गरेको जीप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शान्तिपुरवाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको मुसिकोट नगरपालिका–४ दोभानेमा दुर्घटना भएको हो ।
मृत्युहुनेमा चन्द्रकोट ४का ४५ वर्षिय तेजेन्द्र खत्री,चन्द्रकोट ५ का ४४ वर्षका रेशम कार्कि,रेसुगां २ का ६२ बर्षिय सुनिता विक रहेका छन । जीपमा ११ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मध्ये गोकुल भण्डारी रमिला भण्डारी र मुना भण्डारीलाई थप उपचारको लागि पाल्पा पठाईएको छ ।

अन्य घाईतेहरुको तम्घासमा उपचार भैरहेको छ । जीप सडकवाट करीव ५ सय मिटर तल खसेको छ । घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर