
१३ श्रावन २०७८, बुधवार
झापामा ट्रकले ठक्कर दिँदा दम्पतीकाे मृत्यु भएको छ ।
दमक-९ स्थित शान्तिमार्ग नजिकै राति साढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ८७३० नम्बरको ट्रकले प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका- ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भिमा विष्ट रहेका छन् ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।