१३ श्रावन २०७८, बुधवार

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ मा पर्ने एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार अपराह्न ४ बजेतिर ना ७ ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो। सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उनले जानकारी दिए।

उक्त मिनी ट्रक नेपालगंञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर